images
images
  • एमालेमा कार्यविभाजन: कुन-कुन नेताले विभागको पाए जिम्मेवारी (सुचीसहित)

    काठमाडौं-नेकपा (एमाले) का कार्यविभाजन भएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ। त्यस्तै महासचिव शंकर पोखरेले पनि पार्टीको समग्र जिम्मेवारी पाएका छन् ।

    महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् । त्यस्तै अर्को महत्वपूर्ण विभाग स्कुलमा प्रदीप ज्ञवाली चयन भएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङले पाउँदा योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन्।

    UMLCC

    कुन-कुन नेताले विभागको जिम्मेवारी

    केपी ओली : समग्र पार्टी

    ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

    युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

    अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

    रामबहादुर थापा ‘बादल’ : राष्ट्रिय सुरक्षा

    विष्णु पौडेल : पार्टी संगठन अनुगमन

    सुवास नेम्वाङः ससदिय अनुगमन

    सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी

    महासचिव : समग्र पार्टी

    प्रदीप ज्ञवाली : स्कुल विभाग

    पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

    विष्णु रिमालः आर्थिक लेखा लगायत

    स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई

    कार्यालय सचिव : भीष्म अधिकारि

    संगठन विभाग : खगराज अधिकार

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images