images
images
  • गुट रोज्ने कि विचार भन्दै महेश आचार्यले मागे भोट

    काठमाडौं- नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।

    १४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।

    ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका छन् । दुई सदस्य रहेको उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ ।

    mahesh.png

    प्रतिक्रिया दिनुहोस्
    images
    images