images
images
  • उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने

    काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।

    अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images