images
images
  • कांग्रेस महाधिवेशन: प्रचण्ड-नेपालसँग किन बसेनन् ओली ?

    काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४‌औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्। उनी भृकुटीमण्डपस्थित मञ्चमा सहभागी भएका हुन्।

    मञ्चमा सहभागी हुँदा उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बसेको ठाउँमा बसेनन्। बरु उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बाँया साइडमा बसेका छन्। यी नेताहरुबीच संसद विघटन भएसँगै न भेटघाट भएको थियो, न अहिलेसम्म बोलचाल नै भएको छ।

    सबैले कांग्रेस महाधिवेशनको मञ्चमा यी तीन नेताहरु एकसाथ आसन ग्रहण गर्ने अपेक्षा गरेका थिए। तर ओली प्रचण्ड र नेपालको अपोजिट डिरेक्सनुमा बसेका छन्। त्यस ठाउँमा पहिले रामचन्द्रका वरिष्ठ नेता रामचन्द्र पौडेल आसन ग्रहरण गरेका थिए। ओली पुगेपछि पौडेल उक्त कुर्सीबाट उठेका थिए। लगत्तै सोही कुर्सीमा ओलीलाई आसन ग्रहण गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images