images
images
  • एमालेबाट बिभाजनकाे अन्तिम तयारीमा खनाल- नेपाल समुह : नयाँ पार्टीको नाम एमाले समाजवादी र चुनाब चिन्ह कलम


    कठमाडौं। सत्तारुढ दल नेकपा एमाले औपचारिक बिभाजनतर्फ अघि बढ्दै गएको छ ।

    करिव बहुमत नजिक भएको एमाले माओबादीसँग पार्टी एकता गरेर करिव दुई तिहाइ जनमत पाएको नेकपा बनेको थियो भने सत्ता स्वार्थले शिथिल बन्दै गएको अबस्थामा सर्बोच्चले बिघटन गरिदिएको थियो।

    रातारात एमालेसँग माओवादीको गठबन्धन बनाएर निर्वाचनमा होमिएको संयुक्त गठबन्धन पार्टी एकतामा प्रवेश गर्दै अन्ततः विभाजनमा प्रवेश गरेको थियो । पार्टी नेतृत्वले पेलेर गएपछि माधब(झलनाथ समुहले देशभर समानान्तर कमिटी बनाउन थालेपछि ओली समुहले स्पष्टीकरण सोधेको थियो ।

    कानुनी रुपमा एक पार्टी नै भएपनि एमाले अनौपचारिक रुपमा भने बिभाजन भैसकेको छ । ओली र नेपाल समुहले आ-आफ्नो समुहको पटक-पटक राखेको भेलाबाट पनि त्यो पुष्टि हुन्छ ।

    दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा बरिष्ठ नेता झलनाथ खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताउँदै यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का भएर जान नसक्ने बताएका थिए ।

    प्रधानमन्त्रीमा अहिले माधब समुहले कांग्रेस सभापति शेर बहादुर देउवालाई समर्थन गरेपछि अब पार्टी बिभाजन हुनेतर्फ एमाले अग्रसर भएको राजनीतिक वृतमा चर्चा चलेको छ । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने भएको छ।

    श्रोतका अनुसार माधब नेपाल र झलनाथ खनाल समुहले पहिले नै पार्टी विभाजन गर्ने तयारि गरिसकेकोले अब कारवाही गर्ने बित्तिकै उनीहरुले नयाँ पार्टी निर्माण गर्ने जनाएको छ । त्यो बारे एमालेभित्र दुबै पक्ष अनभिज्ञ नरहेको श्रोत बताउछ ।

    शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका थिए । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका थिए ।

    ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरुको व्यवस्थापन गर्न भन्दै माओबादीका बादलसहित २३ र पहिले नै एमाले प्रवेश गरेका ४१ जनालाई केन्द्रिय सदस्य नियुक्त गरेका थिए।

    ओली समुहले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता नहुने बताउँदै आएको छ भने ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि माधब नेपाल समुहले पार्टीभित्र समानान्तर कमिटी बनाउने र देशभर आफ्नो संगठन बनाउने काम गरिरहेको छ ।

    माधब समुह तद्काल प्रचण्ड नेतृत्वको माओबादीसँग पार्टी एकता नगर्ने तर चुनावी तालमेल गरेर जाने तयारीमा रहेको श्रोत बताउँछ ।

    अब एमालेमा ओलीसंग एक भएर जान नसक्ने निष्कर्षमा उनीहरु पुगेका छन् । तद्काल माओबादीसँग एकता नहुने भन्दै श्रोत भन्छ-अहिले माओबादीसँग एकता गरेर जाँदा पहिले झैँ धेरै असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ तर एमाले फुट्ने पक्का छ ।

    आम नेता-कार्यकर्ता समेतको मनोभावना बुझेर मात्र एकता हुनसक्छ तर नबुझी गरेको खण्डमा त्यो स्थायी हुँदैन । माधब समुहले आफ्नो नाम नेकपा एमालेमा कुनै शब्द थप गरेर राख्ने र चुनाब चिन्ह कलम राख्ने तयारी गरेको श्रोत बताउछ ।

    तर माओबादीसँग पार्टी एकता भए आम नेता-कार्यकर्ता ओली समुहमा जाने खतरा बढेको भन्दै माधव समुह अहिले नै एकीकरणमा नजाने निष्कर्षमा पुगेको हो । आगामी निर्वाचनमा चुनाबी तालमेल गरेर जाने तयारी समेत रहेको छ । तर उनीहरु ओली बाहेक बाबुराम(उपेन्द्र हुँदै विप्लब र बैद्यसम्म अटाउने गरि पार्टी एकता गरेर जानसक्ने तर्फ पनि तयारी गरिरहेको श्रोतको दावी छ ।

    ओलीले माधब समुहका सांसदलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कारवाही गरेमा एमाले पुनर्मिलनको ढोका समेत बन्द हुने निष्कर्ष निकालिएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा गठबन्धन सरकार बनाउन आवश्यक १३६ सांसद संख्या पुर्याउन सक्ने अवस्था भएपछी देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपा बाबुराम-उपेन्द्र र माधब समुहको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष निवेदन पेस गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images