काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नोमिनेसन भएपछि मात्र सभापति र अन्य पदाधिकारीबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्। काठमाडौंको गौशालामा आफूपक्षीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले नोमिनेसनअगाडि कुनै प्रतिक्रिया नदिने बताएका हुन्।
चुनाव रणनीतिक विषय भएको भन्दै उनले आफूलाई अभाव र संकटमा सहयोग गर्नेको साथ नछाड्ने बताए। उनले महाधिवेशनमा कसैलाई सघाउने या नसघाउने वा आफैँ उम्मेदवार बन्ने भन्नेबारे स्पष्ट रूपमा खुलाएनन्।
अभावमा, जोखिममा र संकटमा जो मेरो साथमा अहिलेसम्म छ, भोलिसम्म रहन्छ भन्ने मेरो बिश्वास हो त्यसलाई म छाड्दिनँ,ु उनले भने, ुम आज बोलेंँ। भोलि पनि बोल्छु, उद्घाटन सत्रमा। रणनीतिक दृष्टिकोणले बोल्ने हो चुनाव भनेको। रणनीतिक दृष्टिकोणबाट मैले बोल्ने कुरा पर्सिको दिनमा मात्रै आउँछ। २५ गते नोमिनेसन छ। नोमिनेसनपछाडि मात्रै म बोल्नेछु। पार्टीमा मसँग जोडिएका साथीहरूलाई स्थापित गर्ने मेरो लक्ष्य रहनेछ।ु
आफूले युवाहरूलाई नेतृत्व दिन चाहेको उल्लेख गर्दै नेता सिटौलाले त्यसको जिम्मेवारी प्रदीप पौडेललाई दिएको बताए। उनले भने, मेरोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु। उहाँले कति गर्न सक्नुहुन्छ मलाई थाहा छैन। म युवाहरूलाई हिँडाउन चाहन्छु ,कुदाउन चाहन्छु जनताका लागि।
कांग्रेसभित्र आम एकताको खाँचो छ
नेता सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएको छ । सिटौलाले राजनीतिलाई ईमान्दारिताको वाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएको हो ।
“पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रीत गराएर अगाडि बढाउनुपर्छ”, उनले भने । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ थियो ।
नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताएको छ । “अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु”, उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईँलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सकेमात्र कांग्रेस अगाडि बढ्न सक्ने बताउ । उनीहरुले पार्टीको १४औँ महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेको थियो । प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औँ महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गरे ।


विश्व खबर 


















