images
images
  • काँग्रेस महाधिवेशन: सुदूरपश्चिमबाट ४१९ प्रतिनिधि काठमाडौं आउँदै (नामावलीसहित)

    काठमाडौं- नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनमा सुदूरपश्चिमबाट ४१९ जना महाधिवेशन प्रतिनिधि काठमाडौं आउने भएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट ४१८ जना हाधिवेशन प्रतिनिधि काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुने निश्चित भएको हो ।

    देउवाको गृह प्रदेश भएको तथा रमेश लेखक, एनपी साउदजस्ता हस्तीसमेतको प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा देउवा पक्ष हावी रहेको बताइन्छ । उसो त अघिल्लो साता भएको प्रदेश अधिवेशनमा देउवा पक्षले नै नेतृत्वसहितको पदाधिकारीमा क्लिन स्वीप गरेको थियो ।

    निर्वाचन समितिका अनुसार कञ्चनपुरबाट ७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । यस्तै देउवाको गृहजिल्ला डडेलधुराबाट २६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । जसमा देउवाको नाम समेत समावेश छ । केन्द्रीय समितिका सबै पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि देउवा भने डडेलधुराबाटै अनुमोदित भएर आएका हुन् ।

    यस्तै यस्तै बैतडीबाट २७, दार्चुलाबाट २७ सहभागी हुने निश्चित भएको छ भने कैलालीका ५ निर्वाचन क्षेत्रबाट १३० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै डोटीबाट २६, बझाङबाट २६, अछामबाट ५२, बाजुराबाट २६ प्रतिनिधि सहभागी हुनेछन् ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/12/Sudhur-paschim.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images