काठमाडौं- नेकपा (माओवादी केन्द्र)को कानुन-न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन् । श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको मोर्चा सम्हालिरहेका छन् ।
पूर्वमहान्यायधिवक्ता मुक्तिनारायण प्रधानले नेतृत्व गरेको ३५ सदस्सीय कानुन विभागमा बहालवाला अध्यक्ष श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।
विभागको तेस्रो बरियतामा रहने गरी श्रेष्ठलाई जिम्मेवारी दिइएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुद्वारा जारी परिपत्रमा उल्लेख छ । माओवादीको उक्त विभागमा अर्का पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठसहित पूर्वन्यायाधीशद्वय ए। मिकरानी भि चौलागाईँलाई पनि जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















