images
images
  • भक्तपुरमा युवा संघका जिल्ला सदस्य श्रेष्ठको हत्या, हत्याको आशंकामा दुई जना पक्राउ

    काठमाडौं- भक्तपुरमा युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ ।

    मंगलबार राति पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा हनुमन्ते खोलाको पुलमुनि गम्भीर घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।

    उनका अनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषित गरेको उनले जानकारी दिए।

    श्रेष्ठको हत्यामा संलग्नको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । श्रेष्ठको हत्या हेमन्त श्रेष्ठ र प्रेम विक मिलेर गरेको खुलेको छ।

    दुवैजना श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। आर्थिक लेनदेनका कारण उनीहरुले आफ्नै साथीको हत्या गरेको प्रहरी स्रोतले बताएको छ। उनीहरुले मंगलबार साँझ गठ्ठाघरबाट बालकोट जानेक्रममा हनुमन्ते खोला नजिक उनीमाथि निर्घात कुटपिट गरेका थिए।

    उनीहरु दुवैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  घटनाको अनुसन्धानका लागि प्रहरीले प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको कमाण्डमा टोली गठन गरेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images