images
images
  • कांग्रेस नेता मुक्ति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    अर्घाखाँची- नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता डा.मुक्ति श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

    अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. श्रेष्ठले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

    श्रेष्ठले कोभिड तथा अन्य समयमा अर्घाखाँचीका विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन् । श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा अर्घाखाँचीबाट (जनजाति तर्फबाट) सर्वाधिक मत प्राप्त गरि विजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images