images
images
  • अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ: कमल थापा

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् ।

    हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले अहिले यी मान्यतामाथि मनभित्र प्रश्न उठेको संकेत गरेका छन् । थापाले आज विहान राप्रपा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका कारण आफू पराजित हुन पुगेको उल्लेख गरेका छन् ।

    दिउँसो फेरि उनले राजसंस्था र हिन्दु राष्ट्रको आफ्नो मान्यतामाथि अन्तर्मनभित्र गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका हुन् । यसमा उनले राजेन्द्र थापाको कविता पनि उल्लेख गरेका छन् । जसमा मन फाटेपछि कसरी सिलाउने भनेर प्रश्न गरिएको छ ।

    मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो, थापाले कविता उल्लेख गर्दै भनेका छन् ।

    पोहोर साल खुशी फाट्दा

    जतन गरि मनले टाले

    त्यहि साल माया फाट्यो

    त्यसलाई पनि मनले टाले

    यसपाली त मनै फाट्यो

    केले सिउने केले टाल्ने हो ?

    प्रतिक्रिया दिनुहोस्
    images
    images