images
images
  • सीपी मैनालीलाई प्रचण्डले भने- राप्रपाको अध्यक्ष हुन लागेको भए बधाई छ

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै ब्यंग्य गरेका छन् ।

    राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि व्यंग्य गरेका हुन् । मैनालीले विगतमा सशस्त्र आन्दोलन (झापा बिद्रोह) गरेको स्मरण गर्दै प्रचण्डले अहिले भने उनको भाषा फेरिएको देख्दा अचम्ममा परेको बताए ।

    ‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो, साँच्चै त्यसो हो भने सीपीजीलाई बधाइ छ’ उनले भने । प्रचण्डले आफूले भने त्यस्तो भाषामा कुरा गर्न नसक्ने बताए ।

    त्यस्तै ,अध्यक्ष प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् । देश र जनताको पक्षको विचारमा दुवै पार्टीकाे विचार मिल्ने उनकाे भनाइ छ ।

    भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने बताएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images