काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका नेताहरुले राजनीतिक र कानुनी लडाइँ लड्ने भएका छन् ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरुको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चासहितका नेताहरुको बैठकले राजनीतक प्रतिवादका साथै कानुनी लडाइँका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई विपक्षी दलीय गठबन्धनले असंवैधानिक कदम भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ ।
गठबन्धनले सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष गरेको छ ।
प्रतिक्रिया दिनुहोस्