images
images
  • कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजनीमा स्वीकृत, घिमिरे संयोजक तोकिए

    काठमाडौं- कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजनीमा स्वीकृत भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

    केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन् । घिमिरे समितिका वरिष्ठ सदस्य थिए ।

    संयोजक यादवले स्वास्थ्यको कारण देखाई एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । कांग्रेस सभापति देउवाले केन्द्रीय निर्वाचन समितिको संयोजकमा रही हालसम्म काम गरेकामा धन्यवाद दिएका छन् ।

    yadav.jpg 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images