images
images
  • ओलीले भनेः मेरो हातमा सरकार नभएपनि यो सरकार नचाइरहन्छु

    चितवन- एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले चलाइरहेको बताएका छन् ।

    आफु प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेकेो बताएका हुन् ।

    उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए । उनले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे ।

    उनले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images