images
images
  • कांग्रेसको जिल्ला अधिवेशनमा कडा प्रतिस्पर्धा: कुन जिल्लामा कुन पक्ष विजयी ?

    काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा जिल्ला अधिवेशनहरु भइरहेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ भने दुई वटा भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुने महाधिवेशन कार्यतालिकामा उल्लेख छ ।

    बुधबारसम्म कांग्रेसको २६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दशैंअघि नै अधिवेशन भएका थिए । अरु जिल्लामा भने मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।

    अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । २६ जिल्लामध्ये संस्थापन समूहले १४ जिल्लामा नेतृत्व हात पारेको छ भने १२ जिल्लामा संस्थापनइतर समूह विजयी भएको छ ।

    संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु :

    १‍‍. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ

    २. मोहनविक्रम सिंह, हुम्ला

    ३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

    ४. ऐनबहादुर शाही, मुगु

    ५. खडक बोहरा, बझाङ

    ६. खमबहादुर गर्बुजा, म्याग्दी

    ७. शंकर गुरुङ, मनाङ

    ८. केशरबहादुर विष्ट, सल्यान

    ९. दीपेन्द्र शाही, डोल्पा

    १०. भीमबहादुर साउद, डडेल्धुरा

    ११. कर्णबहादुर शाही, जुम्ला

    १२. बेदराज सिंह, जाजरकोट

    १३. रुपनारायण जवेगु, पाँचथर

    १४. डा. टकबहादुर गुरुङ, लमजुङ

    संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु :

    १. दीपक खड्का, संखुवासभा

    २. अम्मबहादुर शाही, कालीकोट

    ३. बर्मा लामा, दोलखा

    ४. रोमी गौचन, मुस्ताङ

    ५. केशरमान रोका, रुकुम पूर्व

    ६. नन्दप्रसाद न्यौपाने, गोरखा

    ७. रामसिंह रावल, बाजुरा

    ८. केशव श्रेष्ठ, अर्घाखाची

    ९. विष्णुकुमार गिरी, प्यूठान

    १०. चतुरबहादुर चन्द, बैतडी

    ११. विनोद बान्तवा, भोजपुर

    १२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images