संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ ८ गते शनिवार ०७:१३

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा राजनीतिक र कानुनी लडाइँ लड्ने निश्कर्ष निकालेको छ। आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी...

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा राजनीतिक र कानुनी लडाइँ लड्ने निश्कर्ष निकालेको छ।

आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । 

संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा कांग्रेसले आपत्तिसमेत जनाएको छ।

सहमहामन्त्री प्रकाशशरण महतले लोकतन्त्र तथा संविधान रक्षाका लागि पार्टीले राजनीतिक र कानुनी लडाइ लड्ने निर्णय भएको जानकारी दिए। अरू दलसँग पनि यसबारे सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ।

कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

शुक्रबार कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासहित १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गरेकी थिइन्। 

प्रकाशित मिति २०७८ जेठ ८ गते शनिवार ०७:१३
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia