७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ । अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गर्ने २ सयभन्दा बढी नेता, कार्यकर्तालाई स्वागत गर्ने र भोलिपल्ट ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश-२ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।
८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।
नेकपा एस प्रदेश-२ सरकारमा सहभागी हुँदै
यसैबीच नेकपा एस प्रदेश-२ को सरकारमा सहभागी हुने भएको छ ।एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ । भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।


विश्व खबर 


















