• प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले : गगन थापा, गरे नेताहरुलाई प्रतिरोधमा उत्रिन आग्रह

    काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको जोडी यतिमै नरोकिने बताएका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् भन्दै नेताहरुलाई प्रतिरोधमा उत्रिन आग्रह गरेका छन् ।

    उनले प्रकृया त देखाउन मात्र थियो भन्दै उनीहरुको मिसन त संसद र संविधानको हुर्मत लिनु रहेको थियो र त्यो लिएको टिप्पणी गरेका छन् ।

    उनले भनेका छन्- खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद १ विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आव्हान, अनुकुल नभएपछि फेरी विघटन १ कस्तो सेटिङ १ प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए ! सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् ।

    महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्, नेतागण १ नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।

    प्रतिक्रिया दिनुहोस्