
काठमाडौं । एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठक अर्को मिति तय गरेर फेरि बस्नेगरी सकिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
स्रोतका अनुसार बैठकमा नेता माधवकुमार नेपाल पक्षले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको विषय सशक्तरुपमा उठेको थियो ।
नेपाल पक्षबाट कार्यदलका रहेका नेताहरुले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको प्रतिक्रिया दिएको बैठकमा सहभागी एक नेताले बताए ।
“बैठकमा यो विषय जोडदार ढंगले उठ्यो । कार्यदलका साथीहरुबाट आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर यस्तो काम कसरी भयो होला र भनेर प्रश्न उठ्यो । उहाँहरुले हाम्रो हस्ताक्षर दुरुपयोग भयो भन्नुभयो,” ती नेताले भने ।
प्रतिक्रिया दिनुहोस्