images
images
  • राष्ट्रपतिसमक्ष माधव नेपालको आक्रोस-‘अहिले यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो’ ?


    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका थिए ।

    त्यसमा राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतको दाबी छ ।

    हस्ताक्षर बुझाउने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए ।
    नेता नेपालले पनि राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images