images
images
  • कांग्रेसमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यकताः कांग्रेस वरिष्ठ नेता पौडेल

    सिन्धुली-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरणभन्दा पनि रुपान्तरणको आवश्यकता रहेको औल्याए ।

    कांग्रेस सिन्धुली सभापति उज्ज्वल बरालको आमाको निधनमा समवेदना प्रकट गर्न हेलिकप्टरबाट सोमबार कमलामाइ नगरपालिका–१३ रानीवास आएका पौडेलले पत्रकारहरुसंगको भेटघाटमा कांग्रेसमा पुस्तान्तरणभन्दा पनि रुपान्तरणको आवश्यकता रहेको औल्याए ।

    युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले भने,‘ आजको आवश्यकता पुस्तान्तरणभन्दा पनि रुपान्तरण हो । कांग्रेसलाई रुपान्तरण गर्नु छ । नयाँ बाटोमा नयाँ ऊर्जा र नयाँ रक्त संचार गराई शसक्त रुपमा यो राष्ट्रमा सफल गराउनु छ । नेपाली कांग्रेस सफल हुन्छ । १४औँ महाधिवेशनले कांंग्रेशलाई सफलताको बाटोमा अगाडी बढाउँछ ।’

    यस्तै कांग्रेसले मात्र राष्ट्र र लोकतन्त्रलाई जोगाउन सक्ने उनले बताए। ‘कांग्रेस नै हो राष्ट्रियताको आधार, अरु कसैले यो राष्ट्र जोगाउँदैनन्, लोकतन्त्र जोगाउँदैनन् । अरु सबैको चालामाला हामिले देखि सक्यौँ, सबै अवसरवादी हुन् ।’ उनले भने । कांग्रेसलाई सत्ताभन्दा पनि व्यवस्थाको चिन्ता रहेको पौडेलको भनाई थियो । ‘ अवसरवादीले जनतालाई सधैँ धोका दिन्छन् । जनतालाई जहिल्यौँ पनि भ्रममा पार्दछन्, उनले भने,‘ यो भ्रमको राजनीतिबाट देशलाई मुक्त गराउनु कांग्रेसको अभियान हो ।’

    महाधिवेशन हुने पक्का भएको भन्दै पौडेलले सभापतिको लागि सरसल्लाह भैरहेको उनले जानकारी दिए । निर्वाचनका बेला केही साथीहरुले अब आफ्नो पालो भन्दै हिँडेको कुरालाइ आफूले महत्व नदिएको पौडेलको जिकिर थियो । साताअघि रानीवासमै नेता प्रकाशमान सिंहले ’रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिति नाघेको औषधि भएकाले अब सभापतिमा मेरो पालो’ भएको बर्ताए । ’चुनावका बेला त्यस्ता लटरपटर केही कुरा आउँछन् । म त्यस्ता कुरालाई महत्व दिन्नँ । माइन्ड गर्दिँन,’ पौडेलले भने ।

    आगामी चुनावमा गठबन्धन कायम रहनसक्ने प्रति संकेत गर्दै पौडेलले संघीयता र समानुपातिकले गर्दा दलहरुलाई बहुमत ल्याउन गा¥हो पर्ने बताए । आउँदो चुनावमा गठन्धन हुन्छ की हुँदैन भन्ने पत्रकारहरुको प्रश्नमा उनले त्यतिखेरको अवस्थालाई हेरेर निर्धारण हुने बताए । ‘यतिखेर हाम्रो बहुमत छैन संसदमा, हामिले गठबन्धन नै गर्नु परेको छ, गरेका छौँ, पाँच दलको गठबन्धनले यो सरकार चलेको छ । उनले भने,‘ अव आउँदो चुनावमा के गछौँ भन्ने कुरा त्यतिखेरको अवस्थामा भर पर्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images