images
images
  • नयाँ सरकारको दाबी गर्ने तयारी : विपक्षी गठबन्धनबाट सांसदको हस्ताक्षर फायल गरिदै


    काठमाडौं । विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि आधार प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको माधव नेपाल समुह तयारीमा लागेका हुन् ।

    काँग्रेसको संसदीय दलको कार्यालयमा काँग्रेस नेताहरुसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका नेताहरु उपेन्द्र यादव लगायत छलफलमा जुटिरहेका छन् ।

    त्यसैगरी संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ ।


    काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताए । सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी झाक्री काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका छन्।

    नेताहरुले नयाँ सरकारको प्रधानमन्त्री कसलाई अघि सार्ने भन्नेमा भने छलफल गरेर टुंग्याउने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images