काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी थिए ।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले धेरै विकल्पमा छलफल गरिरहेको बताए । देउवाको निवासमा भएको छलफलबाट बाहिरिने क्रममा उनले भने, ‘अहिले हामीले धेरै विकल्पमा छलफल गरेका छौँ, निष्कर्षमा पुगेका छैनौँ । केहीबेरमा हामी निष्कर्षमा पुग्छौँ ।’
बैठकबाट नेता नेपाल पनि बाहिरिसकेका छन् । उनी कुनै प्रतिक्रिया नदिई बाहिरिए ।
बैठकमा देउवा, जसपा नेताहरु राजेन्द्र राई, इस्तियाक राइ, रेणु यादव, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, माधव नेपाल र भीम रावलको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्