काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।उनले भने,‘ छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो’।
ओलीका अनुसार ‘मैले विश्वासको मत लिन नसक्ने भएं सक्छौ भने तिमीहरु मिलेर सरकार चलाउ भन्नु र सबिंधानको धारा ७६ (३) को सरकार लाई (२) मा नलगि एकै चोटि राष्ट्रपतिलाई धारा ७६ को (५) मा पुर्याउने स्वोबिबेकिय अधिकार हुँदाहुँदै २४ घण्टाको समय दिएर पुन सबै मिलेर सक्छौ भने धारा २ अनुसार बनाओ र सकेनौ भने मात्र ५ मा जान्छु भन्नु कब्जा गर्न खोजिएको होइन । मैले विश्वासको मत लिन नसक्ने भए सक्छौ भने तिमीहरु मिलेर सरकार चलाउ भनेको हो ।’
प्रधानमन्त्रीले संसदीय प्रक्रियामा गएपनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेकाले मार्ग प्रशस्त गरिदिएको दाबी गरेका छन्।
उनले विश्वासको मतको कर्मकाण्ड पूरा गर्न समय लाग्ने भएकाले आफैले मार्गप्रशस्त गरिदिएको बताए। उनले बजेटको चाप र विश्वासको मत नपाउने अबस्था रहेकाले मार्ग प्रशस्त गर्दै सरकार गठन गर्न बिकल्प दिएको दाबी गरे। आफ्नै पार्टीका संसदहरुले आफुलाई मत नदिएर लोकतन्त्रिक प्रणालीकै हुर्मत लिइएको बताए।
आज दिनभर दलहरु मिली सरकार बनाएपनि आफ्नो रचनात्मक सहयोग रहने । आफु र आफ्नो दल किचकिच नगरी बिकल्पको सरकारलाई सहयोगी भावनाका साथ सहयोग गर्ने बताए।
उनले कोभिड बिरुद्ध लड्न सबैलाई सरकारमा सहभागी बन्न आह्वान गरे। आफुले बिहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी या त बिपक्षीले सरकार बनाउन या आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरेको छ। उनले राष्ट्रिय राजनीतिलाई बिभाजन नगरी बिकल्प दिन समेत देउवलाई आग्रह गरेको बताए।
उनले आफुले मार्गप्रशस्त गरिदिँदा संविधान उल्लंघन नभएको बताए ।राष्ट्रपतिलाई महाअभियोग लगाउने भनाइ र कुण्ठा नराख्न आग्रह गर्दै ओलीले प्रधानमन्त्रीको बिकल्प खोज्न गरेका छन्। राष्ट्रपतिको बिरोध गणतन्त्रकै बिरोध भएको र राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने, पदीय गरिमा घटाउने काम नगर्न भन्दै आफूले गरेको कामको जवाफदेही आफैँ रहेको बताए।
बैकल्पिक सरकार बनाउँन मार्ग प्रशस्त गर्दा आवेश र उत्तेजनामा जानु नपर्ने ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले अहिलेका सरकार बिरोधीलाई एकजुट भएर आफ्नो सरकार बिस्थापित गर्ने बोटो खोज्न समेत चुनौति दिएका छन्।
प्रकाशित मिति २०७८ जेठ ७ गते शुक्रबार ०८:०२