images
images
  • सरकारले भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस

    काठमाडौँ – सरकारले तीन महत्वपूर्ण देशमा राजदूत सिफारिस गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार भारतका लागि डा. शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

    खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक हुन्।  आचार्य पूर्वपरराष्ट्रसचिव हुन् भने शर्मा अमेरिकाका लागि पूर्व राजदूत हुन् ।

    पाँच दलीय गठबन्धनले सत्ता लिएपछि अघिल्लो केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका न्यायाधीशहरुलाई फिर्ता बोलाएको थियो।संसदीय सुनुवाईपछि राष्ट्रपतिबाट राजदूतको नियुक्ति हुने कानुनी व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images