images
images
  • यस कारण भारत भ्रमणमा जादैछन् प्रधानसेनापति शर्मा

    काठमाडौं-नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सेनापति शर्माको भ्रमण स्वीकृत गरेको हो ।

    भारतले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न प्रधानसेनापति शर्मा यही कात्तिक २३ गते भारत जाने कार्यक्रम छ । उनी २६ गते स्वदेश फर्कनेछन् ।

    मन्त्रिपरिषद् बैठकले उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय समेत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images