images
images
  • काँग्रेसले फेरि सार्‍यो महाधिवेशनको कार्यतालिका, तोक्यो नयाँ मिति

    काठमाडौं- नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको मिति सारेको हो ।

    काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।

    मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । त्यस्तै मंसिर २७ देखि पौष १ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्य तालिका छ ।

    नेपाली काँग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका  

    -कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)

    – मंसिर ३ गते प्रदेश सभा अधिवेशन

    – मंसिर ६ गते  संघीय निर्वाचन क्षेत्र अधिवेशन

    – मंसिर १० गते  जिल्ला अधिवेशन

    – मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन

    – मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन

    प्रतिक्रिया दिनुहोस्
    images
    images