काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय असंवैधानिक भएको बताएका छन् ।
‘राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति’बारे प्रतिक्रिया दिँदै लोहनीले यस्तो बताएका हुन् ।
‘यो निर्णयले कोभिड-१९ संकटको पीडामा रहेको नेपाललाई अर्को महासंकटमा धकेल्छ,’ अध्यक्ष लोहनीले ट्वीटरमा लेखेका छन्, ‘यो देशको लागि दुर्भाग्यपूर्ण छ र यसको विरोध गर्नुपर्दछ ।’
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















