अतिवादीबिरुद्ध लड्ने अमेरिकी कानून
सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘प्याट्रिअट एक्ट’ नामक एक कानुन घोषणा गरेका थिए । सो कानुनअन्तर्गत सुरक्षा निकायलाई अतिवादीबिरुद्ध लड्न अमेरिकामा थप अधिकार दिइएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपतिको हत्या
सन् १९७९ मा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हिको हत्या भएको थियो । हिलाई उनकै लामो समयदेखिका साथी तथा कोरियाली केन्द्रीय गुप्तचर निकायका प्रमुख किम जाय क्वयुले हत्या गरेका थिए । उनलाई आजिवन काराबासको सजायँ तोकिएको थियो ।
लंगुरको मुटु बालिकामा प्रत्यारोपण
सन् १९८४ मा अमेरिकाकी बालिका बेबी फेईमा लंगुरको मुटु प्रत्यारोप भएको थियो । १४ अक्टोबरमा जन्मिएकी ती बालिका मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिइन् । शल्यक्रिया सफल भए पनि बालिकाको शरिरले प्रत्यारोपण गरेको मुटु अस्वीकार गरेपछि प्रत्यारोपणको केही सातापछि उनको मृत्यु भएको थियो ।
जम्मु र कश्मिरलाई अधिनमा लिने सम्झौता
सन् १९४७ मा जम्मु तथा काश्मिरका अन्तिम महाराजा हरि सिंह र भारतीय सरकारबीच एउटा महत्वपूर्ण सम्झौता भएको थियो । ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’ नाम दिइएको सो सम्झौतामा काश्मिर भारतको अधिनमा रहने र त्यसको सट्टा भारतीय सेनाले हरि सिंहको रक्षा गर्ने उल्लेख थियो ।
फुटबल संघ गठन
सन् १८६३ मा विश्वकै पुरानो फुटबल निकाय लन्डनमा स्थापना गरिएको थियो । यसको स्थपानासँगै फुटबलबारे नयाँ नियम बनाउन सुरु भएको थियो ।


विश्व खबर 



















