images
images
  • फिदिम बस दुर्घटना: दुई जनाको मृत्यु, ६३ घाइते

    (फिदिम)पाँचथर-पाँचथरको फिदिममा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको निधन भएको पुष्टि भए पनि उनीहरूको पहिचान नखुलेको प्रहरीले बताएको छ ।पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा परेको हो ।

    ४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए । बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेको प्रहरीले जानकारी दिएको छ । सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए ।

    अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।

    ghaite upachar

    प्रतिक्रिया दिनुहोस्
    images
    images