images
images
  • विश्वमा आजः राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी मूलका पहिलो अमेरिकी जनरल

    आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः

    सन् १९८३ मा ग्रिनडा अतिक्रमण
    कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकाले ग्रिनडामा हमला गरेको थियो । अमेरिकी विजयसँग ग्रिनडा अतिक्रमण अन्त्य भएको थियो ।

    राष्ट्रसंघमा युगान्डाको प्रवेश
    सन् १९६२ को २५ अक्टोबरमा युगान्डाले राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो ।

    अफ्रिकी मूलका पहिलो जनरल
    सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए ।

    जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा
    सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए ।

    ब्याटल अफ बालाक्लाभा
    क्रिमिया युद्धको समयमा सन् १८५४ मा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनबिरुद्धको युद्ध ब्याटल अफ बालाक्लाभा लडेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images