काठमाडौं-नेकपा एमालेले पार्टीको विधानलाई अन्तिम रुप दिएर प्रकाशनमा पठाएको छ । असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर विधानलाई अन्तिम रुप दिइएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल तथा विधान मस्यौदा समितिका संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेल लगायत नेताहरुले सोमवार विधानलाई अन्तिम रुप दिएका हुन् । संगठन विभाग प्रमुख पौडेल संयोजक रहेको समितिले विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको थियो ।
विधानको नयाँ व्यवस्थामा वरिष्ठ उपाध्यक्षको नयाँ पद व्यबस्था गरिएको छ । उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ तथा ७ जना सचिव रहने व्यबस्था विधानमा गरिएको छ । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको छ ।
२०७१ मा भएको नवौं महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू यस विधानमा संशोधन गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरू पनि हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ ।
अर्को पाँच वर्षसम्मको लागि पारित भएको संशोधित विधान र त्यसमा भएका प्रावधानहरू पूर्णपाठ
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/10/CPN-UML-bidhan-2078-final4.pdf


विश्व खबर 



















