images
images
  • नेपाली सेनाका नयाँ रथीका लागि दावी विरोधको सूचना

    काठमाडौं-नेपाली सेनाका दुईमध्ये एक रथीमा बरिष्ठतम उपरथी सरोज प्रताप राणाको नाम सिफारिस भएको छ । ईश्वर हमालले अवकाश पाएपछि रिक्त पदमा बरिष्ठतम उपरथी सरोज प्रताप राणाको नाम सिफारिस भएको हो ।

    संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा कार्यरत हमाल ५६ वर्षे उमेर हदकाम कारण असोज २५ गते अनिवार्य अवकाश भएका छन् । सेनामा प्रधान सेनापतिपछिका दुई रथीमध्ये अब राणाको पदोन्नतिका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा सिफारिस हुने भएको छ ।सेनाले आइतबारै दावी विरोध माग गर्दै सात दिनको सूचना निकालेको हो । सात दिनभित्र गम्भीर प्रकृतिका उजुरी आएमा छानविन हुने उल्लेख छ ।

    राणा नेपाली सेनाको २५ बेसिकका उपरथी हुन् । उनी नागरिकता सच्याएको विवादमा परेका थिए । रथीमा पदोन्नति भए पनि उनी प्रधान सेनापति भने बन्न पाउने छैनन् । हालका प्रधान सेनापति प्रभुराम शर्मा भन्दा पहिले नै राणा अवकाश हुनेछन् ।

    हमालको अवकाशसँगै आन्तरिक बोर्ड बैठकबाट योग्य उम्मेदवारको सिफारिस हुने र सात दिनको सूचनाबाट दावी विरोध नआएमा रक्षा मन्त्रालयमा पदोन्नतिका लागि सिफारिस गर्ने प्रक्रिया रहेको नेपाली सेनाका प्रवक्ता शन्तोष बल्लभ पौडेलको भनाई छ । यसअघि शर्मा प्रधान सेनापति बढुवा भएपछि रिक्त रहेको रथी पदमा भदौ २९ गते बालकृष्ण कार्की पदोन्नति भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images