images
images
  • ‘क्याविनेटले आज पूर्णता पाउँछ, उस्तै परे सपथमन्त्रीहरुको सपथ हुन्छ’ : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्ले पूर्णता पाउन सक्ने बताएका छन् ।

    बिहीबार टिभी पंचली ऐट केको उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने बताए । उस्तै परे क्याविनेटमा आज सपथ ग्रहण हुन्छ होला ।पूर्णता पाउँछ,उनले भने ।

    आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग समुदायलाई अगाडि ल्याउन लगातार कोसिस गरिरहेको भन्दै दाहालले भर्खरै पार्टी कमिटीमा ३५ प्रतिशत महिला प्रतिनिधित्वको निर्णय भएको सुनाए । संविधानमा ३३ प्रतिशत छ । हामी ३५ पुर्‍याउनेमा छौं, उनले भने ।

    दाहालले क्याविनेटमा आफ्नो पार्टीबाट ५० प्रतिशत महिला पुर्‍याएको पनि बताए । मधेसी, जनजाति, दलितलाई समेट्ने प्रयास गरिएको उनको भनाइ थियो ।

    माओवादी केन्द्रले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो । माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो । सरकारमा पहिलेदेखि नै माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् ।

    नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन बाँकी छ । अन्य दलहरुले पनि नाम टुंगो लगाएपछि आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images