images
images
  • पार्टी महाधिवेशन राप्रपाका लागि पुनर्जागरण : कमल थापा

    झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशन राप्रपाका लागि पुनर्जागरण भएको बताएका छन् ।

    मंगलबार बिर्तामोडमा आइपुगेका उनले केन्द्रमा तल्लो तहसम्म एकताको सन्देश पुर्‍याउन नसकिएको भन्दै अब नयाँ उत्साह र ऊर्जा दिनका लागि सक्रियता र गतिशीलता आवश्यक रहेको बताए ।

    कांग्रेस र कम्युनिस्टको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण देश संकटग्रस्त भएको र भ्रस्टाचारले देशलाई थला पारेको उनको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images