images
images
  • देउवा सरकारका ८० दिन : मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बसेको गठबन्धन बैठक निष्कर्षविहीन

    काठमाडौं- मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो।

    प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले शिर्ष नेताहरुको बैठक बसेको जानकारी दिए। बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न चार शीर्ष नेताहरुबीच छलफलमा केहि ठोस निष्कर्ष निस्कन सकेन।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि शीर्ष नेताहरुको बैठक बसे पनि ठोस निर्णय केही नभएको जानकारी दिए। यसअघि मन्त्रिपरिषद् विस्तार र सहभागी हुने मन्त्रीहरुको नामको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई नै दिइएको थियो।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउन सक्ने बताएका थिए।

    कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा सपथ लिँदा नेपाली कांग्रेसका तर्फबाट २ र नेकपा माओवादी केन्द्रको तर्फबाट २ जना गरेर चार जना मात्रै मन्त्रि नियुक्त गरेका देउवाले प्रधानमन्त्री भएको ८० दिन बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images