images
images
  • प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै काँग्रेसले दियो निर्वाचन आयोगमा उजुरी


    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ ।

    काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।

    काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो ।

    प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए ।

    यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए ।

    काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ ९३० र ९५० र दफा ९६० विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।

    Congress ujiuri

    प्रतिक्रिया दिनुहोस्
    images
    images