images
images
  • विश्वमा आजः संसारकै पहिलो कृत्रिम स्याटलाईट लन्चदेखि जुलियन क्यालेन्डरको अन्तिम दिन

    आज ४ अक्टोबर । आज विश्वमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटनाः

    मोजाम्वियाको गृहयुद्ध समाप्त 
    सन् १९९२ मोजाम्वियाको गृहयुद्ध अन्त्य भएको थियो । मोजाम्विक रेसिस्टेन्स मुभमेन्ट र मोजाम्विकको सरकारबीच १५ वर्ष लामो गृहयुद्ध भएको थियो । सन् १९७७ मा सुरु भएको सो युद्धमा ठूलो जनधनको क्षति भएको थियो । रोम शान्ति सम्झौतापछि युद्ध समाप्त भएको थियो ।

    लेसोथोको स्वतन्त्र
    सन् १९६६ मा अफ्रिकी मुलुक लेसोथो वेलायतबाट स्वतन्त्र भएको थियो ।

    संसारकै पहिलो कृत्रिम स्याटलाइट लन्च
    सन् १९५७ मा संसारकै पहिलो कृत्रिम स्याटलाईट लच्न गरिएको थियो । सोभियत युनियनले कृत्रिम स्याटलाईट स्पुतनिकलाई काजकस्तानबाट लन्च गरेको थियो । स्पतुनिकको सफलतासँगै अन्तरिक्ष उडानमा सोभियत संघ र अमेरिकाबीच होड चलेको थियो ।

    अमेरिकामा गल्फ खेलको सुरुवात
    सन् १८९५ को ४ अक्टोबरदेखि अमेरिकामा गल्फ खेल सुरु भएको थियो । पहिलो पटक रोदे टापुको न्युपोर्टस्थित न्युपोर्ट कन्ट्री क्लबमा गल्फ खेलिएको थियो । अहिले पनि हरेक वर्ष अमेरिकामा यो प्रतियोगिता हुन्छ ।

    जुलियन क्यालेन्डरको अन्तिम दिन
    सन् १५८२ को ४ अक्टोवर नै जुलियन क्यालेन्डरको अन्तिम दिन रहन पुगेको थियो । ५ अक्टोबरदेखि पोल्यान्ड, इटाली, पोर्चुगल र स्पेनमा पोप ग्रेगरी १३ औं को आदेशअनुसार जर्जियाली क्यालेन्डर प्रयोगमा आएको थियो । क्यालेन्डरका कारण केही दिन ‘ल्याप्स’ भएका थिए । जस्तैः ४ अक्टोवरपछि एकै पटक १५ अक्टोवर गणना गरिएको थियो । अहिले सवैभन्दा धेरै प्रयोग हुने पनि जर्जियन क्यालेन्डर नै हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images