images
images
  • प्रचण्ड ‘कलाकार बन्न पाइनँ, राजनीतिक कार्यक्रम बढो निरश हुन्छन्’ : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कार्यक्रम निरश हुने गरेको बताएका छन् । शुक्रबार राष्ट्रिय नाचघर राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक कार्यक्रममा रस नै नहुने र घोचपेचदेखि गालीगलौजसम्म हुँदा इरिटेसन हुने गरेको बताए ।

    कलाकारहरुको कार्यक्रममा आउन पाउँदा आफूले रिल्याक्स महसुस गरेको उनको भनाइ थियो । राजनीतिक कार्यक्रम बढो निरश हुन्छन् । त्यहाँ रस हुँदैन । धेरै भाव हुँदैन । घोचपेच बढी हुन्छ । अझ आजकल त गालीगलौच नै हुन थालेको छ, उनले भने, त्यस्तो कार्यक्रमको चटारोभित्रबाट तपाईहरुको यस्तो रसिलो भावुक हुन पाइने संगीतमय बढो आफ्नो लोकसंस्कृति झल्किने कार्यक्रममा सहभागी हुन पाउँदा मैले रिल्याक्स महसुस गरेको छु । रिल्याक्स भएपछि एकछिन पछि राजनीतिक कार्यक्रम छ त्यहाँ म घोचपेच गर्दिन् ।

    दाहालले आफूले कलाकार बन्न खोजे पनि परिस्थितिले राजनीतिमा ल्याएको बताए । गीतसंगीत, संस्कृति, खेल भनेपछि लठ्ठै पर्ने मेरो बानी छ । म पनि निकै भावुक छु । सानोमा एकचोटी आफूलाई गीत संगीत नाच्नमै आफूलाई लाने हो कि पनि भन्ठान्थे तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन । नत्र म पनि कलाकारै हुन्थे होला जस्तो लाग्छ,ु उनले भने, तपाईहरु सम्मानित हुँदा मन थोरै कता कता म पनि यस्तै भएको भए कस्तो राम्रो हुन्थ्यो होला जस्तो लाग्छ । म त्यस्तो खाले पनि हो ।

    कला, संस्कृति खेल क्षेत्र भनेको राष्ट्रलाई एकताबद्ध गर्ने, प्रतिष्ठा बढाउने, नेपालको गौरव, इतिहास संस्कृतिलाई समुन्नत गर्ने विधा भएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images