images
images
  • मौसममा बदलीः दिउँसो भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

    काठमाडौँ। भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ(ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो भारी वर्षा हुने र क्रमिकरूपमा कम हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका केही स्थानमा हल्कादेखि मध्यम र कयौँ स्थानमा भारी वर्षाको सम्भावना छ ।

    दिउँसो गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू(भागका केही स्थानहरुमा भारी हिमपात र वर्षाका सम्भावना रहेकाले आगामी २४ घण्टा सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

    उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images