images
images
  • एमालेले विधान महाधिवेशनबारे जानकारी गराउन भोलि पत्रकार सम्मेलन गर्दै

    • images
    • १३ आश्विन २०७८

    काठमाडौं- नेकपा (एमाले) ले यही १५ असोजदेखि हुने विधान महाधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको छ ।

    भोलि (बिहीबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अल्फा हाउसमा महाधिवेशनबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको महाधिवेशन प्रचार समितिका संयोजक खिमलाल भट्टराईले बताए ।

    महाविधेशन गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पेस हुनेछन् ।

    एमालेले पहिलो पटक आयोजना गर्न लागेको महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुगेका थिए ।

    सम्मेलन केन्द्रको हलमा दुई हजार ८४० जना मात्र अट्नेछन् । बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ । हलबाहिर स्क्रिन राखेर दुई साइडमा एकरएक हजार जना राख्ने व्यवस्था मिलाइएको छ ।

    महाधिवेशनमा करिब ३०० स्वयंसेवक खटिनेछन् । महाधिवेशनमा सहभागी हुन जिल्लाजिल्लाबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images