काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि निर्वाचनको मापदण्ड तोकेको छ । समितिका संयोजक महादेवप्रसाद यादवले बुधबार विज्ञप्ति जारी गरेर एकमात्र निर्वाचन क्षेत्रमा भएका जिल्लामा जिल्ला कार्यसमिति चयन भएपछिमात्र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुने जानकारी गराएका छन् ।
ुनेपाली कांग्रेसको विधानको धारा १२ (५) (क) (१) र नेपाली काग्रेसको नियमावली २०७६ को नियम ६९ बमोजिम एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिको सभापति सहित पदाधिकारी र सदस्यको निर्वाचन सम्पन्न भई परिणाम घोषणा भएपश्चात मात्र त्यस्ता जिल्लामा विधानको धारा १५९१०९क० बमोजिमका महाधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ, विज्ञप्तिमा भनिएको छ । समितिले निर्वाचन निर्देशिका २०७८ को दफा ६ का अतिरिक्त उम्मेदवारको मनोनयन पत्र दता र योग्यतासम्बन्धी मापदण्ड पनि सार्वजनिक गरेको छ ।
जसअन्तर्गत पार्टीको सांगठनिक संरचनाको मातहत तहबाट माथिल्लो तह क्रमशस् वडा कार्यसमिति, पालिका कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति मध्ये कुनै तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्यमा उम्मेदवार भई उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएमा निजको तल्लो पद कायम रहने छैन ।
तर, वडा र पालिकाबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा क्षेत्रबाट निर्वाचित हुने प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधि सभा क्षेत्र (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला) बाट निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि विधान अनुसार उम्मेदवार हुन पाउने सम्बन्धित तहको कार्यसमितिको पदाधिकारी र सदस्य पदमा उम्मेदवार हुन पाउनेछन र निजहरुको तल्लो पद कायम रहने समितिले जनाएको छ ।
विधानको धारा १० ९२० ९ग० बमोजिम एक अवधिका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुने सो क्षेत्रभित्र रहेका केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवारले क्षेत्रीय अधिवेशनका प्रतिनिधिको निर्वाचन गर्नका लागि हुने वडा अधिवेशन र पालिका अधिवेशनवाट निर्वाचित हुने १ महिलासहित २ जना अपांगता भएका क्षेत्रीय प्रतिनिधिको लागि हुने निर्वाचनमा मतदान गर्न नपाउने मापदण्डमा उल्लेख छ । तर वडा कार्यसमिति र पालिका कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न सक्ने छन् ।
विधानको धारा ११ (१) (ख) बमोजिम एक अवधिका लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि (एक मात्र क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशनका प्रतिनिधि० हुने सो क्षेत्र भित्ररहेका केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनमा मतदान गर्न नपाउने मापदण्ड तोकिएको छ । तर प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति ९एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमिति० का पदाधिकारी र सदस्यको निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
विधानको धारा १३ (१) (ग) बमोजिम एक अवधिका लागि प्रदेश अधिवेशन प्रतिनिधि हुने र सो प्रदेशभित्र रहेका पार्टीका निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यले विधानको धारा १०(३) बमोजिम प्रदेश अधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनमा मतदान गर्न नपाउने उल्लेख छ । तर प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न सक्ने समितिले जनाएको छ ।


विश्व खबर 


















