images
images
  • स्पेनबाट स्वास्थ्य सामाग्री लिएर राजदूत दावाफुटी शेर्पा आज काठमाडौं आउँदै

    काठमाडौं । स्पेनले नेपाललाई उपलब्ध गराउने अत्यावश्यक स्वास्थ्य सामाग्री आज काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आजदिउँसो ती सामाग्री लिएर स्पेनी चार्टर जहाज आइपुग्न लागेको हो ।

    परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्‍यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर जहाज काठमाडौं आइपुग्ने भएको हो ।

    स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा पनि ती सामाग्री लिएर काठमाडौं आइपुग्दैछिन् ।

    बुधबारै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनी समकक्षी अरन्जा गोन्जालेजबीच टेलिफोन संवाद भएको छ । ज्ञवालीले स्वास्थ्य सामाग्री सहायताबारे स्पेनलाई धन्यवाद दिएका थिए ।

    स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images