images
images
  • एमालेको विधान महाधिवेशन १५ असोजमा, देशभरका ५ हजार प्रतिनिधिले भाग लिने

    काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन १५ असोजबाट हुने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा करिब ५ हजार प्रतिनिधिले देशभरबाट भाग लिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    विधान महाधिवेशनमा केन्द्रीय समितिबाट पारित तीनवटा प्रतिवेदनहरु पेस हुनेछन् । आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेश गर्नेगरी तीनवटा प्रतिवेदन पारित गरेको छ । जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठन निर्माणसँग सम्बन्धित प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको छ ।

    विधान महाधिवेशन ३ दिनसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images