images
images
  • माधव नेपालमाथि किरण गुरुङङको टिप्पणी : ‘कुचोले बडार्नुपर्ने फोहोर हावाले बडार्‍यो’

    तनहुँ – नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको माधव नेपाल समूहलाई कुचोले बडार्नुपर्ने फोहोर हावाले बडारिदिएको टिप्पणी गरेका छन् । उनले विभाजनसँगै पार्टीको फोहोर सफा भएको जिकिर गरे ।

    तनहुँको शुक्लागण्डकीमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले भने, ‘एमाले विभाजन भयो भनेर हामीले दुस्ख मान्नुपर्ने कुनै कारण छैन । जे हुन्छ, ठिक हुन्छ । जे घटना घट्यो, घटनाप्रति दुस्ख मानेर बस्ने हैन । शक्ति बटुलेर अगाडि बढ्ने हो ।’ उनले नेकपा एमाले खहरे खोला नभएर नदी भएको उल्लेख गरे । ‘एमाले खहरे होइन्, नदी हो । नदीमा भंगालो फाट्दैमा अस्तित्व हराउँदैन्, नदी बगिरहन्छ । त्यस्तै गरेर नेकपा एमाले अगाडि बढिरहको छ, बढिरहनेछ,’ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका गुरुङले भने ।

    उनले केपी ओलीलाई कारण देखाएर पार्टी छोड्नु गलत भएको धारणा राखे । ‘व्यक्ति केही होइन् । तपाई हामी सबैले बनाएको पार्टी हो । व्यक्तिगत कारणले पार्टी छोड्नु हुँदैन्थ्यो,ु उनले भने । एमाले कम्युनिस्ट आन्दोलनको मुलघर बनेको नेता गुरुङको दाबी छ ।

    संविधानसभा सदस्य टुकराज सिग्देलले पार्टीबाट अलग भएर माधव नेपालले पार्टीलाई भन्दा ठूलो धोका जनतालाई दिएको बताए । एमालेसँग एक्लै लड्न नसकेर पाँच दलको गठबन्धन बनाइएको उनको भनाइ थियो । एमालेको नेतृत्वमा मात्र राष्ट्रियता सुरक्षित हुनुका साथै सन्तुलित परराष्ट्र नीती सम्भव भएको सिग्देलको दाबी छ ।

    त्यस्तै , संविधानसभा सदस्य हसिना बेगमले एमाले सरकारको पालामा विकासको जनलहर आएको बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images