images
images
  • प्रचण्डलाई भुसालको जवाफ : हाम्रोबारे चिन्ता गर्नुपर्दैन, आफ्नो पार्टी राम्रो बनाउनुस्

    काठमाडौं – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूहरुको चिन्ता नलिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

    बिहीबारमात्रै प्रचण्डले पाँचखाल पुगेर केपीसँग आत्मसमर्पण गरेका साथीहरु देख्दा दया लागेको टिप्पणी गरेका थिए । माधव नेपाल छाडेर एमालेमा फर्किएका १० भाईतर्फ संकेत गर्दै प्रचण्डले केपीको पार्टीमा बस्ने वातावरण नभएकाले ढिलोचाँडो फर्किने टिप्पणी गरेका छन् ।

    प्रचण्डका यी टिप्पणीमा असहमति जनाउँदै भुसालले आफूहरु र एमालेको चिन्ता नलिन सुझाएका हुन् । कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो,  भुसालले भनेका छन्, ुहाम्रो पार्टी हामीले नै बनाउछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images