images
images
  • ओलीको प्रश्न : कपडाको ब्याग बोकेर संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व हुन्छ ?

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय राष्ट्रसंघीय महासभामा नेपालको प्रतिनिधित्वलाई लिएर प्रश्न उठाएका छन् । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कुनै तयारीबिना हतार हतार परराष्ट्रमन्त्री नियुक्त गरेर पठाएको भन्दै सरकारको आलोचना गरे ।

    ‘हतार हतार परराष्ट्रमन्त्री नियुक्त गरेको छ । विहान नियुक्ति, दिउँसो सपथ, राति सुटकेस बोकेर एयरपोर्टमा । तयारी छैन । हावाका भरमा गएको छ,’ उनले भने, ‘कपडाको ब्याग बोकेर संयुक्त राष्ट्रसंघमा प्रतिनित्व हुन्छ ? टाइसुट लाउँदैमा हुन्छ ? ए क्लास सिटमा सुतेर, घुर्दै सोच्दै, घुर्दै सोच्दै । तयारी केही छैन । नियुक्ति, सपथ ग्रहण अनि कुलेलाम ठोक्यो ।’

    तयारी नै नभएको नेपालले महासभामा के बोल्छ भनेर ओलीले प्रश्न गरे, ‘राष्ट्रसंघको महासभा छ भन्ने ७५ दिन थाहा नपाउने सरकार हिजो विहान थाहा पाएछ । अनि हतार हतार पठाए । के बोल्छ नेपालले ?’ अध्यक्ष ओलीले बाँकी कार्यकालमा मन्त्रिमण्डल पूरा गर्न भन्दै प्रधानमन्त्रीलाई व्यंग्य गरे । ‘जसको कार्यकाल १५ महिना छ । उसको दुई महिना मन्त्री नबनाई गयो । बाँकी १४ महिना मन्त्री बनाउन सफल हुनुस् शुभकामना छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images