काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको छ ।
राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेको हो ।
राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै अपराह्न पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।
मन्त्री खड्कालाइ आजै अपराह्न पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी ररहेको छ । मंगलबार सत्तारूढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको थियो । गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले परराष्ट्र मन्त्री नियुक्त गर्नेबारे कुनै पनि विवाद नरहेको र गठबन्धनमा सर्वसम्मत निर्णय गरिएको बताए ।
नेता डा. नारायण खड्का मन्त्री बनेकै दिन अमेरिकाको न्युयोर्क जान लागेका छन् । सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का न्युयोर्क जान लागेका हुन् ।
आज राति साढे ८ बजे डा खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लीला भट्टराईले जानकारी दिए।


विश्व खबर 


















