images
images
  • राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४ बुँदे अवधारणा पत्र

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

    अवधारणापत्रमा शर्माले पार्टीको १४औ महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । चौधौं महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् ।

    शर्माले स्थापनाकालमा विपी कोइरालालगायत अग्रजले देशसामु राखेको संकल्प र सपनाले हासिल गरेको उपलब्धिप्रति एकातर्फ गौरब त अर्कातर्फ कार्यसम्पादनमा रहेका कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने औल्याएका छन् ।

    इतिहासको कालखण्डमा विपीले देशका लागि देखेको सपनालाई एक्काइसौ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर ‘समयसापेक्ष सपना’का साथ कांग्रेस अघि बढ्नुपर्ने उनको अवधारणा छ ।  ‘यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ । चौधौं महाधिवेशन क्रममा यि समग्र विषयमा हामीले चिन्तन गर्नुछ,’ अवधारणापत्रमा भनिएको छ ।

    कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/09/Political-Agenda-Final-9-19-2021-1.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images